धादिङमा आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ

0 Shares

धादिङ । आफ्नै बुबा ६० वर्षीय धन नारायण सुनारको हत्या गरेको अभियोगमा गंगाजमुना गाउँपालिका ४ यार्सा बस्ने ३५ वर्षीय सुजन सुनारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सुजनले फलामको रड प्रहार गर्दा धन नारायण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते भएका धन नारायणको ग्रामिण अस्पताल फुलखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार