0
Shares
काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगर २६ गल्कोपाखा बस्ने एक जना पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा इलाम नगरपालिका १० घर भएकी ३३ वर्षीया दिपिका बोहोरा (तामाङ) रहेका प्रहरीले जनाएको छ । उनले आफूलाई नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक हुँ भन्दै पोशाक लगाएको तस्बिर देखाउँदै विभिन्न आश्वासन दिएर आफ्नो ई-सेवासँगै मोबाइल बैंकिङमा पैसा राख्न लगाई निवेदकलाई झुक्यानमा पारी ठगी अरोप रहेको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गंगबुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।