सानिमा बैंकले भारत-नेपाल रियल टाइम पिटूपी भुक्तानी सेवाको सुरु

0 Shares

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउससँग सहकार्य गर्दै भारत-नेपाल रियल टाइम (प्रसन टू प्रसन, पिटूपी) भुक्तानी सेवा सुरु गरेको छ । जसले दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सुविघा प्रदान गर्दछ ।

यस सेवामार्फत भारत तथा नेपालका प्रयोकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एडेर्स (भिपिए) तथ यूपीआई आईडी प्रयोग गरेर रकामान्तर गर्न सक्छन् । नेपाली प्रयोकर्ताले भिपिएमार्फत रकम प्राप्त गर्न सक्ने छन् ।

भारतीय प्रयोकर्ताले यूपीआई आईडी प्रयोग गरी भारत-नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्ने छन् । यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल, सुरक्षित र सहज बनाएको छ ।

यो सुविघा विधार्थी , पेशागत ब्यक्तिहरु, यात्रु तथा भारत-नेपाल आवागमनमा निर्भर परिवारका लागि आधुनिक र प्रभावकारी विक्लपका रुपमा उपयोगी हुनेछ । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार