0
Shares
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ ।
पौडेललाई गैरकानुनी हिरासतमा राखिएको भन्दै उनकी श्रीमती दोमाया पौडेलले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दिएकी थिइन् ।
बिहीबार उक्त रिट न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासले खारेज गरेको हो ।