विष्णु पौडेलविरुद्ध थपियो ६ दिन म्याद

0 Shares

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका उनलाई तेस्रोपटक म्याद थप भएको हो ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उनलाई हिरासतमा राख्न म्याद थपको आदेश दिएका हुन् । उनी असार ८ गते पक्राउ परेका थिए ।

उनीविरुद्ध विवादित व्यापारी दिपक भट्टसँग सेयर कारोबारसँगै शंकास्पद सम्पत्तिमा अनुसन्धान भइरहेको विभागले जनाएको छ । यसअघि उनीविरुद्ध दुई पटक म्याद भएको थियो ।

सम्बन्धित समाचार