नेपालविरुद्ध नामिबियाले गुमायो दोस्रो विकेट

0 Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी विश्वकप लिग २ क्रिकेटअन्तर्गत खेलमा नेपालका कप्तान रोहित पौडेले पहिलो बलमै विकेट लिएका छन् । उनले नामिबियाका ओपनर जेपी कोट्जेको विकेट लिएका हुन् ।

योसँगै नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले दुई विकेट गुमाएको छ । यसअघि अर्का ओपनर निकोलस डाबिन ८ रनमा रनआउट भएका थिए ।

जारी खेलमा नेपाल १६८ रनमा अलआउट भएको थियो । जम्मा ३७.१ ओभर खेल्दा नेपाल अलआउट हुन पुगेको हो ।

नेपालका लागि ओपन आसिफ शेखले सर्वाधिक अर्धशतकीय पारी खेल्दै ५८ रन बनाए । कुशल मल्लले ५२ बल खेल्दै तीन छक्का र एक चौकाको मद्दतमा ३६ रन बनाएका थिए ।

भीम सार्कीले २६, ओपनर कुशल भुर्तेलले १८, करण केसीले १२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले चार रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह, देव खनाल र ललित राजवंशीले खाता खोल्न सकेनन् ।

बलिङतर्फ नामिबियाका बर्नार्ड स्कोल्ट्ज र जान निकोल लफ्टी इटनले ४-४ विकेट लिएका थिए ।

सम्बन्धित समाचार