रास्वापाको महाधिवेशन निर्वाचन तालिका संशोधन

0 Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आज संशोधित तालिका सार्वजनिक गरेको हो ।

तालिकाअनुसार महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली साँझ ५ बजे पार्टीको वेबसाइट, ह्वाट्स्याप ग्रुप र महाधिवेशन स्थलमा सार्वजनिक गरिएको छ । आयोगका प्रमुख भुवन केसीका उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन आज दिउँसो ३ः३० बजे गरिएको थियो ।

साँझ ५ बजेसम्मका लागि उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने समय तोकिएको थियो । साँझ ५ः३० बजेसम्म दाबी विरोध परेका उम्मेदवारबारे परेको जाँच बुझको समय रहेको थियो ।

साँझ ६ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय रहेको थियो । उम्मेदवारको अन्तिम नामावली बेलुका ६ः३० बजेसम्म राखिएको छ ।

बेलुका ६ः४५ बजेदेखि मौनअवधि छ भने पहिलो चरणको मतदान बेलुका ८ः३० बजे सुरु गर्ने गरी तालिका संशोधन गरिएको आयोगले जनाएको छ । पहिलो चरणमा सार्वजनिक गरिएको उम्मेदवारको सङ्ख्या ३८४ रहेको छ । जसबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् ।

सम्बन्धित समाचार