0
Shares
काठमाडौं । विश्वकप लिग २ क्रिकेटअन्तर्गत जारी नामिबियाविरुद्धको खेलमा नेपाल १६८ रनमा अलआउट भएको छ । जम्मा ३७.१ ओभर खेल्दा नेपाल अलआउट भएको हो ।
नेपालका लागि ओपन आसिफ शेखले सर्वाधिक अर्धशतकीय पारी खेल्दै ५८ रन बनाए । कुशल मल्लले ५२ बल खेल्दै तीन छक्का र एक चौकाको मद्दतमा ३६ रन बनाएका थिए ।
भीम सार्कीले २६, ओपनर कुशल भुर्तेलले १८, करण केसीले १२ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ६ र सोमपाल कामीले चार रन बनाए । कप्तान रोहित पौडेल, अनिल साह, देव खनाल र ललित राजवंशीले खाता खोल्न सकेनन् ।
बलिङतर्फ नामिबियाका बर्नार्ड स्कोल्ट्ज र जान निकोल लफ्टी इटनले ४-४ विकेट लिए ।