0
Shares
काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलामा ६०० रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यस दिन एक तोला सुनको मूल्य २ लाख ८७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि शुक्रबार एक तोला सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ थियो ।
तोलाको ५० रूपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँ पुगेको छ ।