सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजार जनाले पाए शेयर

0 Shares

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज असार १ गते शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म आम सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा २७ लाख ५९ हजार ४ सय ९० जनाको आवेदन परेको थियो। जस मध्ये २७ लाख २७ हजार ५ सय १५ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जस अनुसार ४ लाख ६७ हजार ४ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

यस कम्पनीले बझांगमा ३४.४६ मेगावाटको अपर कालंगा गाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन्।

सम्बन्धित समाचार