इप्पान निर्वाचनमा दुई प्यानल प्रतिस्पर्धामा, आज मनोनयन दर्ता

0 Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा दुई प्यानल प्रतिस्पर्धामा उत्रिएका छन्। निर्वाचनका लागि शुक्रबार मनोनयन दर्ता हुँदैछ।

हालका उपाध्यक्षद्वय उत्तम भ्लोन लामा र बलराम खतिवडाले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आ-आफ्नो प्यानलसहित निर्वाचनमा होमिएका हुन्।

इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ। यसअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी आगामी कार्यकालमा अध्यक्ष बन्नेछन्।

बलराम खतिवडा नेतृत्वको प्यानलमा उपाध्यक्ष पदका लागि भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल र इन्जिनियर दीपक पौडेल उम्मेदवार छन् भने महिला उपाध्यक्षमा सिर्जना खड्का प्रतिस्पर्धामा छन्।

महासचिव पदमा वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल उम्मेदवार बनेका छन्। सचिव पदका लागि कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, इन्जिनियर वीरेन्द्रबहादुर मल्ल तथा महिला सचिवमा संगीता धमला र ईशा श्रेष्ठ उम्मेदवार छन्। कोषाध्यक्षमा इन्जिनियर मिथुन पौडेलको उम्मेदवारी परेको छ।

सदस्य पदमा सोमनाथ कँडेल, डा. भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कँडेल, सुकुन्द ओझा तथा महिला सदस्यमा ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली उम्मेदवार छन्।

उत्तम भ्लोन लामा नेतृत्वको प्यानलमा वर्तमान कार्यसमितिका अधिकांश पदाधिकारी र सदस्य समेटिएका छन्। उक्त प्यानलबाट उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, सुसन कर्माचार्य (राजभण्डारी), विक्रम विष्ट र नरेन्द्रबल्लभ पन्थ उम्मेदवार छन्।

महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा कोषाध्यक्षमा शंकर बस्याल उम्मेदवार छन्। सचिव पदमा कुबेरमणि नेपाल, विजयमोहन भट्टराई, सुमन जोशी, अभिज्ञा मल्ल र ईशा श्रेष्ठ रहेका छन्।

सदस्य पदका उम्मेदवारमा अनुप आचार्य, प्रतिमा ज्ञवाली, कदम केसी, वर्णन लामिछाने, जगतबहादुर पोखरेल, सरिता शाक्य, ज्योति गैरे, नारायण खनाल र सोमनाथ कँडेल छन्।

दुवै प्यानलले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गरेका छन्। विशेषगरी उत्तम भ्लोन लामा नेतृत्वको प्यानलले ‘भिजन पेपर’ नै सार्वजनिक गर्दै आगामी कार्यकालका प्राथमिकता र योजनाहरू सार्वजनिक गरेको छ।

 

सम्बन्धित समाचार