५१ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलामा ५ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार एक तोला सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ । हिजो बुधबार २ लाख ९१ हजार ८०० रुपैयाँ थियो ।

यता चाँदीको मूल्य ९० रुपैयाँले घटेर तोलाको ४ हजार ६५० रुपैयाँ कायम भएको छ । हिजो बुधबार एक तोला चाँदीको मूल्य ४ हजार ७४० रुपैयाँ थियो ।

सम्बन्धित समाचार