0
Shares
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित निकालेको छ ।
सिटीले ब्रेन्टफोर्डलाई १-० गोलले हराएको हो। सिटीको जितमा हालान्डले ७१ मिनेटमा गोल गरे । जितसँगै सिटी दोस्रो स्थानमा उक्लियो । सिटीले २५ खेलबाट ५६ अंक जोडेको छ । शीर्ष स्थानको लिभरपुलको ५७ अंक छ ।
तेस्रो स्थानको आर्सनलको ५५ अंक छ । शीर्ष तीन टिमबीचको दूरी तीन अंकको हुँदा उपाधि होड रोमाञ्चक बनेको छ ।
