0
Shares
काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्यहरू छनोट प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशहरू कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगमले गठन गरेको छनौट समितिको नाममा अन्तरिम आदेश दिएको हो ।
प्रतिस्पर्धाबाट छानिएर आफू सूचीमा परे पनि अन्यायपूर्वक छनौट नभएको भन्दै उपेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
सरकारले आवेदन माग गरी प्रतिस्पर्धाबाट नेपाल वायुसेवा निगमका सदस्यहरू र अध्यक्ष चयन गर्ने तयारी गरेको थियो ।