काठमाडौं । नेपालको एक मात्र डिटिएच टेलिभिजनतथा अग्रणी ईन्टरनेट सेवाप्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ। यस योजना मार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक खेलहरू उच्च गुणस्तरमा हेर्न सक्नेछन्।
डिशहोमले सार्वजनिक गरेको विशेष योजना अनुसार डिटिएच कम्बो तथा आइपिटिभि कम्बो सेवाकाग्राहकहरूले आफ्नो ६ महिनावा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी रु. ९९९ मा फिफा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनासम्मको निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन्। उक्त योजना २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू रहने कम्पनीले जनाएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गतका कुल १०४ खेलहरू हिमालय स्पोट्र्समार्फत प्रत्यक्ष प्रसारण हुनेछन्। ग्राहकहरूले ती खेलहरू डिशहोमका विभिन्न सेवाप्लेटफर्महरू– डिटिएच, आइपिटिभि, डिगो, केबल टिभि तथा टिटु टिभि मार्फत सहज रूपमा अवलोकन गर्न सक्नेछन् ।
यस विशेष योजना बारे डिशहोमका प्रतिनिधिले भने,“फिफा विश्वकप विश्वकै सबैभन्दा प्रतिष्ठित खेलकुद महोत्सव मध्ये एक हो। यस अवसरमा आफ्ना ग्राहकहरूलाई अझ सहज, किफायती तथा उत्कृष्ट मनोरञ्जन अनुभव प्रदान गर्ने उद्देश्यले हामीले यो विशेष योजना ल्याएका हौँ । ग्राहक प्रतिको हाम्रो प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास लिएका छौँ।”
इच्छुक ग्राहकहरूले आफ्नो नजिकको डिशहोम डिलर मार्फत वा डिशहोमको आधिकारिक वेबसाइट मार्फत सिजनपास खरिद गरी यस योजनाको लाभलिन सक्नेछन्। साथै थप जानकारीका लागि डिशहोम ग्राहक सेवाकेन्द्र ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ।
डिशहोमले विगतदेखि नै गुणस्तरीय डिजिटल मनोरञ्जन तथा सञ्चार सेवा प्रदान गर्दै आइरहेको छ। आगामी फिफा विश्वकप २०२६ लाई अझ विशेषर स्मरणीय बनाउने उद्देश्य सहित कम्पनीले ग्राहक केन्द्रित सेवातथा सुविधालाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ ।