सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, एक तोला सुन किन्न कति खर्चिनु पर्ने ?

0 Shares

काठमाडौं । सुनको मूल्य फेरि नयाँ रेकर्ड बनाएको छ । आइतबार १६ सय रुपैयाँले बढेर रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य सोमबार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुनको मूल्य लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार तेजाबी सुनको मूल्य एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन एक लाख ४० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार