छोरीलाई आफ्नो शरीरमा बाँधेर आत्मदाहको प्रयास गरेकी महिलाको मृत्यु

0 Shares

काठमाडौं । गत शुक्रबार आत्मदाहको प्रयास गरेकी झापाको बुद्धशान्ति गाउँपालिका २ गोपालडाँडा घलेगाउँकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आफ्नो र पाँच वर्षीया छोरीलाई आफ्नो शरीरमा बाँधेर पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी २८ वर्षीया माया रम्तेलको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । उनको छोरीको सोही दिन मृत्यु भएको थियो ।

श्रीमान् राजन विश्वकर्मा परस्त्रीसँग लागेकाले बाध्य भएर आत्महत्याको बाटो रोज्नु परेको ‘सुसाइड नोट’ फेला परेको प्रहरीले जनाएको छ । मायाका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाही थालिएको छ ।

सम्बन्धित समाचार