अमेरिका इरान तनावः बन्दर अब्बासमा विस्फोटपछि अमेरिकी एयर बेसमा हमला

0 Shares

काठमाडौं । इरान र अमेरिकाबीच एकपटक फेरि तनाव बढेको छ, तर अहिलेसम्म दुवै देशले युद्धविराम समाप्त भएको घोषणा गरेका छैनन्।

इरानी सञ्चारमाध्यमका अनुसार चारवटा जहाज हर्मुज स्ट्रेटबाट जाँदै गर्दा गोली हानिएको छ। तीमध्ये एक अमेरिकी तेल ट्यांकर पनि थियो। यी जहाजहरूले आफ्नो ट्र्याकिङ सिस्टम बन्द गरेर गइरहेका थिए ।

इरानी रिभोल्युसनरी गार्ड (आईआरजीसी)ले जहाजहरूलाई पहिचान बताउन भनेको थियो, तर जवाफ आएन। त्यसपछि इरानी सेनाले चेतावनीस्वरूप गोली चलाएको थियो।

रिपोर्टहरू अनुसार, त्यसपछि अमेरिकी सेनाले बन्दर अब्बास एयरपोर्ट नजिकै तीन ठाउँमा हमला गरेको छ।

 

सम्बन्धित समाचार