0
Shares
काठमाडौं । विश्वकप लिग २ क्रिकेटअन्तर्गत जारी नामिबियाविरुद्धको खेलमा नेपालको छटौँ विकेट पतन भएको छ । छटौँ विकेटका रुपमा कुशल मल्ल आउट भएका हुन् ।
५२ बल खेलेका मल्लले तीन छक्का र एक चौकाको मद्दतमा ३६ रन बनाएका थिए । यसअघि पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका थिए ।
पहिला ब्याटिङ गरिरहेको नेपालका कप्तान पौडल नौ बल खेल्दै शून्य रनमा आउट भएका हुन् । यसअघि अनिल साह र देव खनाल शून्य रनमा आउट भएका थिए ।
ओपन आसिफ शेख ५८ रन बनाएर आउट भएका थिए भने अर्का ओपनर कुशल भुर्तेलले १८ रन बनाएका थिए ।