0
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने तयारी गरेका छन् । स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी भारत जान लागेका हुन् ।
दुई दिनसम्म भारतमा रहने उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री, राष्ट्रिय सुरक्षा सुरक्षा सल्लाहकार अजित डोभालसहित उच्च स्तरीय भेटघाट गर्ने तय छ ।
उनले भारतीय जनता पार्टी (भाजपा)का पदाधिकारीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ । देशको सबभन्दा ठूलो पार्टी तथा सत्तारुढ दलका सभापतिको नाताले अहिले रविलाई भारत भ्रमण गराउन भाजपाले तयारी गरेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको निमन्त्रणा स्विकार गरेपनि उनी कहिले भ्रमणमा जाने भन्ने निश्चित छैन ।