0
Shares
काठमाडौं । प्रहरीले काठमाडौं गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका १३ का २७ वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज १३ घर भई हाल काठमाडौं महानगर ३२ नरेफाँट बस्ने २२ वर्षीय ओमशंकर गुप्ता रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।
उनले भने, “काठमाडौं टोखा नगरपालिका ९ गोंगबु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्ने क्रममा ४५ राउण्ड गोली, एसएलआर हतियारमा प्रयोग हुने म्याग्जिन एक थान र मेटलको नक एक थानसहित उनीहरूलाई पक्राउ गरिएको हो ।”
पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रवक्ता भट्टराईले बताए ।