0
Shares
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारबाट एक थान पेस्तोल र एक थान म्याग्जिनसहित सोही नगरपालिका-६ बस्ने एक जना पक्राउ परेका छन् ।
सुनसरी धरान उपमहानगर-१७ घर भएका २३ वर्षीय सन्दिप परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिग्रिएर चल्न नसक्ने अवस्थामा रहेको बा. ४ ख ५२४१ नम्बरको गाडीको सिट मुनिबाट पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
उनलाई हात हतियारसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।