ढुंगाले लागेर बालकको मृत्यु

0 Shares

हुम्ला । हुम्लामा ढुंगा लागेर घाइते भएका अदानचुली गाउँपालिका ६ पाल्स गाउँका १३ वर्षीय हस्त भियालको मृत्यु भएको छ ।

जेठ ५ गते बेलुकी घरबाट सोही ठाउँको कालागाडमा रहेको एक पसलमा जाने क्रममा भियाल माथिबाट खसेको ढुंगा लागेर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

सोही दिन उद्धार गरी भियाललाई अदानचुली गाउँपालिकास्थित श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याए पनि बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए ।

घटनाको थप जानकारी लिनका लागि सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक जंगबाहदुर सिंह नेतृत्वको टोली अदानचुली गएको छ । अदानचुली गाउँपालिकाको एम्बुलेन्समार्फत शव परीक्षणका लागि बाजुराको सामुदायिक अस्पताल कोल्टी लगिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

सम्बन्धित समाचार