सुनको भाउले फेरि बनायो नयाँ रेकर्ड, अब एक तोला सुन किन्न कति रकम चाहिने ?

0 Shares

काठमाडौँ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । गत बिहीबार १ लाख ४० हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउले उक्त रेकर्ड आज तोडेको हो ।

आइतबार सुनको भाउ १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा सुनको भाउ १६ सय रुपैयाँले बढेको हो । अमेरिकी रिजर्भ बैंक (फेड)ले लिएको नीतिगत कारणले गर्दा मूल्यमा चाप परेको विश्लेषकहरुले तर्क गरेका छन् ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ४१३ दशमलव ९३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३१ डलर ४३ पैसामा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार