आज पनि संसद बैठक बस्दै

0 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)मा छलफल भएको थियो ।

छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफसमेत दिएका थिए । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार