‘एजेन्सी करियर बबाल छ’ नारासहित सन नेपाल लाइफको एडीएम ३६०° ग्रोथ समिट सम्पन्न

0 Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) हरूलाई सहभागी गराउँदै आयोजना गरेको एडीएम ३६०° ग्रोथ समिट सफलतापूर्वक सम्पन्न गरेको छ।

जेठ २ र ३ गते आयोजित उक्त कार्यक्रम “एजेन्सी करियर बबाल छ” भन्ने मूल नारासहित सञ्चालन गरिएको थियो । कार्यक्रमको उद्देश्य एजेन्सी नेतृत्व क्षमता अभिवृद्धि, व्यवसाय विस्तार, आधुनिक बजार व्यवस्थापन तथा बीमा क्षेत्रमा करियर विकासका अवसरबारे सहभागीलाई थप उत्प्रेरित गर्नु रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा देशभरबाट आएका एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रशिक्षण सत्रमा प्रशिक्षकद्वय किशु झा र अजय रेग्मीले नेतृत्व विकास, व्यक्तिगत दक्षता, टोली व्यवस्थापन, व्यवसाय विस्तार रणनीति तथा बीमा बजारका अवसर र चुनौतीबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको अध्यक्षता कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कबी फुयालले गरेका थिए भने प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष उपस्थिति रहेको थियो । उनीहरूले एजेन्सी व्यवसायको वर्तमान अवस्था, भविष्यका सम्भावना र लक्ष्य प्राप्तिका रणनीतिबारे प्रस्तुति दिएका थिए ।

त्यस्तै, प्रमुख ग्राहक अनुभव तथा संरक्षण अधिकृत सचेत श्रेष्ठ, लिड रिक्रुटमेन्ट अफिसर सुनिल अधिकारी, लिड ट्रेनिङ अफिसर भुवन सिंह मगर तथा ब्रान्ड एण्ड कम्युनिकेसन प्रमुख सोमेश लाल जोशीले ग्राहक सम्बन्ध व्यवस्थापन, नेतृत्व विकास, ब्रान्ड निर्माण तथा भर्ती रणनीतिबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा राप्ती/भेरी क्षेत्रीय व्यवस्थापकहरूको पनि उपस्थिति रहेको थियो ।

सहभागीहरूले “एजेन्सी करियर बबाल छ” भन्ने नाराले आफूहरूमा नयाँ ऊर्जा, आत्मविश्वास र व्यवसाय विस्तारप्रतिको दृष्टिकोण अझ सुदृढ भएको प्रतिक्रिया दिएका थिए ।

सन नेपाल लाइफले आगामी दिनमा एजेन्सी संरचनालाई अझ सुदृढ, प्रतिस्पर्धी र व्यवसायमुखी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।

सम्बन्धित समाचार