सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

0 Shares

काठमाडौं । आज सोमबार सुनको भाउ बढ्दा चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा ४०० रूपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँ पुगेको छ ।

हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार ४०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य तोलामा २० रूपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा झरेको छ ।

सम्बन्धित समाचार