0
Shares
काठमाडौं । नेपाली बजारमा आज (आइतबार)सुन-चाँदीको भाउ घटेको छ।
शुक्रबार तोलामा चार हजार रूपैयाँ र आइतबार चार हजार पाँच सय रूपैयाँ गरी दुई दिनमा सुनको भाउ प्रतितोला नौ हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला पाँच हजार तीन सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ६० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय ३० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।