काठमाडौंमा चक्कु प्रहार गरी सालोको हत्या, एक जना पक्राउ

0 Shares

काठमाडौं। काठमाडौँको चन्द्रागिरिमा एक जनाले नातामा सालो पर्ने युवकको हत्या गरेका छन् । महोत्तरी घर भई चन्द्रगिरि नगरपालिका ३ थानकोट खरिबोट बस्दै आएका ३८ वर्षीय समी अहमतले नातामा सालो पर्ने युवकलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हत्या हुनेमा महोत्तरीको गौशाला नगरपालिका ५ घर भएका २५ वर्षका जाकिर मन्सुरी छन् । आरोपी अहमतको घर पनि महोत्तरीको गौशाला हो ।

प्रहरीका अनुसार अहमदले घरायसी विवादमा तरकारी काट्ने चक्कु प्रहार गरी गएराति सालोको हत्या गरेको खुलेको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममा गएराति साढे ९ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । आरोपी समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार