0
Shares
काठमाडौं । काठमाडौंको सुन्धारास्थित केन्द्रीय कारागारबाट महिला ब्लकमा रहेकी २५ वर्षीया सपना तामाङ फरार भएकी छन् ।
शुक्रबार बिहान साढे १ बजेतिर उनी कम्पाउन्डको पर्खाल नाघेर भागेको प्रहरीले जनाएको छ । नुवाकोट घर भएकी तामाङलाई अदालतले शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजायको फैसला गरेको थियो ।
कारागार कम्पाउन्डको झ्यालबाट चढेर उनले पर्खाल नाघेको केन्द्रीय कारागारका अधिकारीले जानकारी दिए । त्यसबारे अनुसन्धान भइरहेको छ ।