प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित

0 Shares

काठमाडौँ । विपक्षी दलको अवरोधका कारण प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थित रहेपछि विपक्षीले उनको सहभागिताको माग गर्दै बैठक अवरुद्ध गरे । उनीहरूले सरकारको नीति तथा कार्यक्रम समेत प्रधानमन्त्रीले नै टेबुल गर्नुपर्ने माग गरे । त्यसपछि १५ मिनेट स्थगित भएर फेरि बसेको बैठकमा पनि प्रतिपक्षी दलले सोही कुरा दोहोर्याएपछि बैठक अघि बढ्न सकेन ।

दोस्रो बैठकमा सभामुखले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले टेबुल गरिसकेकाले सभा अघि बढाउन पटक पटक आग्रह गरेका थिए ।

तर, देशभित्रै भएका प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गर्न प्रतिपक्षी दलले सभामुखसमक्ष माग गरे । सभामुखले यसबारेमा छलफल गरेर सदनलाई जानकारी गराउने भनेपछि विपक्षीले नमानेपछि बैठक फेरि १५ मिनेटका लागि स्थगित भएको हो ।

 

सम्बन्धित समाचार