काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे प्रक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुुन्धान व्यूरो (सिआईबी)ले उनलाई प्रक्राउ गरेको हो। सिआईबी स्रोतका अनुसार, स्मार्ट टेलिकम प्रकरणमा उनलाइ पक्राउ गरिएको हो। पाण्डेलाइ बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो। स्मार्ट टेलिकम प्रकरणमा उनको बयान लिएर प्रहरीले छाड्न सक्छ।
स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परिसकेका छन् । सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरेको थियो। उनलाई सोमबार काठमाडौं महानगरपालिका-२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको हो।
हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतस्रद्द भएको थियो । उक्त टेलिकमको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो । तर, उक्त सम्पत्ति बेइमानीपूर्वक सरकारको हक टुटाउने कार्य गरेको आरोप जोशीमाथि छ ।