0
Shares
काठमाडौं । श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वालेन्द्र शाह नेतृत्वको सरकारमाथि निशाना साँधेका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा श्रम, संस्कृति र पार्टीका अध्यक्ष राईले शाह सरकारको कडा आलोचना गरेका छन्।
उनले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएको, सांसदहरूका प्रश्नको जवाफ नदिएको भन्दै सरकार अक्षम र अयोग्य भएको आरोप लगाए ।
सम्बोधनका क्रममा राईले भने,‘यो सरकारको प्रधानमन्त्री छ कि छैन रु छ भने प्रधानमन्त्रीले संसद्लाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । यस्तो गर्नु भनेको अयोग्यता र असक्षमताको नमूना हो,’ उनले भने ।