काठमाडौं । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले जेठ ६ गते दाङ तुल्सीपुरमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ गर्ने भएको छ । काठमाडौं, धनकुटामा, हेटौडा, चितवन, बुटवलमा भव्य रूपमा सम्पन्न गरिसकेको राइटपाथले जेठ ६ गते ‘ग्रान्ड एजुकेसन कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको हो ।
राइटपाथले अमेरिका, युरोप, अष्टलिया, क्यानडा डेनमार्क बेलायतलगायत देशमा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि परामर्श तथा प्रक्रियामा सहजीकरण गर्दै आइरहेको छ ।
जेठ ६ गते तुल्सीपुर नबिल बैंक रहेको बिल्डिङको तेस्रो तलामा रहेको राइटपाथको अफिसमा कन्क्लेभ हुनेछ । कन्क्लेभमा पाँच सयसम्म विद्यार्थी तथा अभिभावकलाई कन्क्लेभ परामर्श सेवा प्रदान गर्ने लक्ष्य रहेको राइटपाथ दाङका सञ्चालक मेघराज वली ले जानकारी दिए ।
उनका अनुसार १२ कक्षाको वार्षिक परीक्षा दिएर बसेका उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गरेर राइटपाथले देशव्यापी दौडाहाको स्वरुपमा कन्क्लेभको आयोजना गरिएको हो ।
कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभी टिकेट र आकर्षक गिफ्ट ह्याम्फरको पनि व्यवस्था छ । यसैगरी यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप दिन सकिने छ । कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्ने छन् ।
राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डीसीले युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउने कार्यक्रमको उद्देश्य रहेको बताए ।
कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पुर्याउने उनको विश्वास छ । विद्यार्थीलाई परीक्षा पछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।