काठमाडौं । काठमाडौंको टेकुस्थित वंशीघाटको सुकुम्बासी बस्तीमा डोजर चलिरहेको छ। शुक्रबार बिहान ९ बजेदेखि त्यस क्षेत्रमा डोजर परिचालन गरी घर टहरा भत्काउन थालिएको हो।
बिहान ८ बजेपछि ९ बज्दा त्यहाँको बस्तीमा डोजर चल्न सुरू भएको हो । अहिले ७ वटाभन्दा बढी उपकरण त्यस क्षेत्रमा परिचालन गरिएको छ। डोजरसँगै सुरक्षाकर्मी र महानगर प्रहरी बलको पनि बाक्लो उपस्थिति छ। सुकुम्बासीहरूले बिहीबारदेखि घर टहराबाट सामान निकालिरहेका छन्। शुक्रबार बिहान पनि मानिसहरूले सामानहरू निकालेर सडक पेटी र खाली ठाउँमा राखेका छन्।
वंशीघाटमा १९३ घरधुरी छ। बस्ती खाली गरेर त्यहाँका सुकुम्बासीहरूलाई स्क्रिनिङका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जान भनिएको छ। रंगशालामा स्क्रिनिङपछि उनीहरूलाई होल्डिङ सेन्टरमा लगिने भनिएको छ।
बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री बालेन्द्र शाहले बुद्धले देखाएको बाटो दुःख निवारणको बाटो भएको बताएका छन् ।
उनले बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै भनेका छन्, ‘बुद्धले भन्नुभयो, दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा र समस्या निवारणको मार्गमा हुनुपर्छ।’ अँध्यारोलाई उज्यालोको अभावको संज्ञा दिँदै प्रधानमन्त्री शाहले उज्यालोको किरणले पाइला टेक्नासाथ अँध्यारो स्वतः बिलाएर जाने भन्दै ज्ञानको महत्त्वमा जोड दिएका छन्।
बुद्धको जन्मले नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा रहेको पनि प्रधानमन्त्री शाहको तर्क छ । प्रधानमन्त्री शाहको सन्देशमा क्रान्तिको परम्परागत भाष्यलाई प्रतीकात्मक रूपमा चिर्ने प्रयास गरिएको छ। उनले भनेका छन्, ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो।’