0
Shares
काठमाडौं । संघीय संसदकी उपसभामुख रुविकुमारी ठाकुर स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट घर फर्किएकी छन् । स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएको उनका स्वकीय सचिव तारा राईले जानकारी दिइन् ।
मधुमेहको समस्या देखिएपछि उपसभामुख ठाकुर बुधबार अस्पताल भर्ना भएकी थिइन् ।
चिकित्सकले उनलाई घरमै आराम गर्न सल्लाह दिएका छन् ।