आज मिति २०८३ वैशाख १४ गते सोमबार । सन् २०२६ अप्रिल २७ तारिख । नेपाल सम्बत ११४६ वछलाथ्व एकादशी तिथि । आज बिहान ५ बजेर ३० मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३५ मिनेटमा अस्ताउनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
फुर्सदिलो समय रहेकोले पठनपाठनमा मन जाला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रागत कार्यमा विशेष लाभ हुने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त होला । रसरागको भाव वृद्धि हुनेछ । मित्रजनको साथ मिल्नेछ ।
बृष
शुभदायी समय छ । अथक परिश्रमले धेरै काम बन्नेछन । भाग्य बलिष्ठ रहेको दिन हुनाले धन आर्जन हुने देखिन्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ । मनोरञ्जनमा भुलिने समय छ । व्यापारबाट राम्रै मात्रामा धनलाभ हुनेछ । मित्रवर्गले पनि खुलेर सहयोग गर्ने छन् ।
मिथुन
भविष्यका लागि विशेष काममा जग बसाउने दिन छ । विभिन्न अवसरले पछ्याउनेछन् । वित्तादी लाभ होला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ । पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहनेछ ।
कर्कट
नयाँ योजना बनाउन र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने देखिन्छ । अरुको काम धेरै गर्नुपर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनीतिमा मान–सम्मान पाउने योग छ । आफन्तको साथ मिल्नेछ ।
सिंह
दिन केही प्रतिकुल रहनसक्छ, सजग रही व्यवहार गर्नुहोला । हतारको निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउने देखिन्छ । लेनदेनमा पनि विवाद पर्नसक्छ । घरायसी समस्या आउला । पढाइलेखाइमा ध्यान दिन सकिने छैन ।
कन्या
व्यस्तता वृद्धि भएपनि लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने समय छ । आकस्मिकतवरले मनोरञ्जनात्मक कार्यक्रमको निम्तोमा सहभागी हुन पाइएला । मनमा हौसला र हर्ष बढ्नेछ । पराक्रम वृद्धिका साथै अधुरा काम बन्ने योग छ । स्वास्थ्य ससबल रहनेछ ।
तुला
सोचने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनका काम पनि होला सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ ।
वृश्चिक
आजको दिन केही चुनौतीयुक्त रहला । ब्यर्थमा कसैसँग विवाद वा झगडा हुन सक्छ, विेशष सतर्कता अपनाएर मात्र बोली र व्यवहार गर्नुहोला । कतै महत्वपूर्ण यत्रा गर्दै हुनुहुन्छ भने आजको दिन थाती राख्नु उचित हुनेछ । लेनदेनको समस्याले सताउने योग छ । शत्रुपक्ष हाबी हुन सक्छ ।
धनु
साहसिक काममा आकर्षण बढेने समय छ, तर काम सफल पार्न मुस्किल पर्ला । निको भएको रोगले पनि पुनः सताउन सक्छ । खर्च बढ्ने, अनावश्यक विवाद निम्तिन सक्ने योग रहेकोले विशेष सजगताको खाँचो छ । आजको दिन पैदलयात्रा गर्दा अनि हातहतियारको प्रयोग गर्दा विशेष सचेत रहनु हितकर होला ।
मकर
रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । प्रेमसम्बन्ध र दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउनेछ । आयआर्जनको स्रोत समृद्ध बन्ने योग छ । हरेक क्रियाकलापबाट सामान्यतया लाभ हुने देखिन्छ । आरोग्यबल बढ्ने छ ।
कुम्भ
अरुको विश्वास जित्न सजिलै सकिने समय छ । गरेका हरेक कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।
मीन
मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने तथा नसोचेको सम्मान मिल्ने दिन छ । मित्रजनले प्रशंसा गर्ने छन् । कुरा काटनेहरु पनि प्रशंसक बन्ने छन् । पढाइलेखाइमा सुधार आउनेछ । लेनदेन कार्यमा भने समस्या आउनसक्ने योग छ, सजग रहनुहोला । प्रेमभावका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण रहला ।