आज मिति २०८३ वैशाख ७ गते सोमबार । सन् २०२६ अप्रिल २० तारिख । नेपाल सम्बत ११४६ वछलाथ्व तृतीया तिथि । आज बिहान ५ बजेर ३६ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३२ मिनेटमा अस्ताउनेछ । अब सुरु गरौँ आजको राशिफलः
मेष
सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ने देखिन्छ । महत्वपूर्ण काम पूरा नभए पनि आंशिक फाइदा होला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, तर जित तपाईंकै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइने छ ।
बृष
बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुने समय छ । अधुरा योजना अघि बढ्नेछन् भने मित्रजनको बलियो साथ मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने योग छ । रमाइलो यात्राको अवसर जुट्न सक्छ ।
मिथुन
गर्न लागेका महत्वपूर्ण काममा बाधा दिनेहरू सक्रिय हुनसक्ने समय छ, सावधान रहनु उचित होला । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आजको दिन फजुल खर्च पनि बढ्ने देखिन्छ । निरर्थक यात्राबाट जोगिन विशेष प्रयत्न गर्नु उचित होला ।
कर्कट
भाग्यबल बढ्ला । विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, तर अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।
सिंह
दिन केही चुनौतीयुक्त रहनसक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने योग छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ, ध्यान दिनुहोला ।
कन्या
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने समय छ । छरछिमेकमा असमझदारी बढ्ने योग रहेकोले बोली र ब्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । नियमित कार्यमा पनि थप होसियारी अपनाउनु उचित होला ।
तुला
नियमित कार्यमा चुनौती आइपर्नसक्ने समय छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । काम बिग्रने डरले सताइरहनेछ, तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ ।
वृश्चिक
आजको दिन काममा अवरोध आउन सक्छने देखिएपनि प्रवल आत्मविश्वासका कारण समस्याहरू पन्छिनेछन् । आफ्नै प्रयत्नबाट चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि गति बढ्ने देखिन्छ ।
धनु
आजको दिन मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ, साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम पनि बुद्धि–विवेकको सही प्रयोगले सार्थक बन्ने योग छ ।
मकर
केही चुनौती बढ्नसक्ने समय छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । खास जिम्मेवारी प्राप्त भए पनि त्यसलाई सम्हाल्ने क्षमतामा ह्रास आएको महसूस हुनसक्छ । आत्मविश्वास जागृत तुल्याउने प्रयत्न गर्नुहोला ।
कुम्भ
मिश्रित फलदायी दिन छ । नियमित कामको चापबाट मुक्त रही विश्राम मिल्ने देखिन्छ । परिवार एवम् मित्रजनको साथले उत्साह जगाउला । तथापि, सहयोगीहरू पछि हट्नाले महत्वपूर्ण योजना थाती राख्नुपर्ने अवस्था आउला ।
मीन
आजको दिन दिगो फाइदा मिल्ने काममा लगानी गर्ने मौका प्राप्त हुन सक्छ । मेहनतको फल भरपूर प्राप्त हुने देखिन्छ । परिवारजनका आवश्यकता पूरा हुनेछन्, तर शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला ।