वैशाख ६ गते आइतबार तपाईंको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८३ वैशाख ६ गते आइतबार । सन् २०२६ अप्रिल १९ तारिख । नेपाल सम्बत ११४६ वछलाथ्व द्वितीया तिथि । आज बिहान ५ बजेर ३७ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर ३१ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

नियमित कर्ममा लगनशील भएर लागिपर्दा दिगो फाइदा उठाउन सकिने समय छ । सुखद समाचारले उत्साह जगाउला । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । ऋणमोचन हुने योग छ ।

बृष

नयाँ काम वा जिम्मेवारी हात पर्नसक्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन गर्न सकिएला । सोखले खर्च बढाउन सक्छ । आफ्नै कमजोरीले महत्वपूर्ण अवसर गुम्न सक्ने सम्भावना छ । विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला ।

मिथुन

शुभचिन्तकहरूसँग भेटघाटका साथै सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । विगतका कमी–कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर होला ।

कर्कट

आजको दिन केही समस्या देखिए पनि समय मनोरञ्जनपूर्ण रहनेछ । कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखापर्न सक्छन् । प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ने देखिन्छ ।

सिंह

दिन केही चुनौतीयुक्त रहन सक्छ । तार्किक क्षमताले सम्मान दिलाएपनि साँझपख अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् । लाभ नहुने कामको जिम्मेवारी बहन गर्नुपर्ने स्थिति आउने देखिन्छ । कमजोरीको फाइदा अवसरवादीहरूले उठाउन सक्छन् ।

कन्या

नियमित कामबाट राम्रै लाभ मिल्ने दिन छ । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ । तर, सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला । रोकिएका काममा पुनः प्रयत्न गर्नु उचित होला ।

तुला

दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । मंगलमय कृत्य सम्पादन गर्ने र भाग्योन्नति हुने देखिन्छ । तर, केही चुनौती देखापर्ने भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला ।

वृश्चिक

स्वास्थ्य केही कमजोर रहे पनि मेहनतले विभिन्न अवसर जुटाउन सकिने दिन छ । शुभचिन्तकहरूले साथ दिनेछन् । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहुनेछ । समुदायको हितमा राम्रै काम गरेपनि भेटघाटको चक्करले काममा बाधा गर्न सक्छ । आँटले काम लिन नसक्दा पछि परिने सम्भावना छ ।

धनु

नियमित कार्यमा केही चुनौती देखापरे पनि कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । खर्च लागे पनि प्रयत्न गर्दा दिगो फाइदा हुने देखिन्छ । विशेष जिम्मेवारी हात पार्ने मौका जुर्ला । पारिवारिक समस्याको समाधान मिल्नेछ । वैरभाव राख्नेहरूले हार खानेछन् ।

मकर

आजको दिन विशेष जिम्मेवारी बहन गर्नुपर्ने स्थिति आउन सक्छ । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोतसमेत बढ्नेछ । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्ला । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिनेछ । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

कुम्भ

व्यस्तता र जोखिम बढ्ने समय छ । अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । सोख पूरा गर्न फजुल खर्च बढ्ने देखिन्छ । आलस्य भाव पैदा हुनाले न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । अर्थ संग्रहमा बाधा पुग्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिने छन् ।

मीन

कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ । तथापि, प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्छन् । साथीभाइको सहयोग प्राप्त हुनाले पराक्रम बढ्नेछ । व्यापार र उद्योगमा फाइदाको योग छ । कुनैपनि समस्याकको समाधान मिल्नेछ ।

सम्बन्धित समाचार