बढ्यो सेयर बजार, घट्यो कारोबार रकम

0 Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से ५ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २८३८ अंकमा कायम भएको छ ।

अघिल्लो दिन नेप्से ३३ अंक घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।

आज १०८ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो । १२ को स्थिर रह्यो । औसतमा ठूलो पूँजी भएका कम्पनीहरूको मूल्य बढ्दा धेरैजसो कम्पनीको मूल्य घटे ।

आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् ।

एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४‍.५४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिडी पावर रिलायन्स स्पिनिङ मिल्स र हिमाल दोलखा हाइड्रोपावर छन् ।

सम्बन्धित समाचार