0
Shares
काठमाडौं । स्थानीय बजारा आज सुन चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तीन लाख २ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।