आज मिति २०८३ वैशाख १ गते मंगलबार । सन् २०२६ अप्रिल १४ तारिख । नेपाल सम्बत ११४६ चौलागा द्वादशी तिथि । मेष संक्रान्ति अर्थात नयाँ वर्ष २०८३ को पहिलो दिन, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, शुक्ल योग, कौलव करण । आज बिहान ५ बजेर ४२ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन सामाजिक उत्तरदायित्व बहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका जुर्ने देखिन्छ । महत्वपूर्ण काम पूरा नभए पनि आंशिक फाइदा होला । प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्, तर जित तपाईंकै हुनेछ । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइने छ ।
बृष
बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुने समय छ । अधुरा योजना अघि बढ्नेछन् भने मित्रजनको बलियो साथ मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्यसुखमा रमाउने योग छ । रमाइलो यात्राको अवसर जुट्न सक्छ ।
मिथुन
गर्न लागेका महत्वपूर्ण काममा बाधा दिन खोज्नेनेहरू सक्रिय हुनसक्ने समय छ, सावधान रहनु उचित होला । अधिकारका लागि केही संघर्ष हुन सक्छ । आजको दिन फजुल खर्च पनि बढ्ने देखिन्छ । निरर्थक यात्राबाट जोगिन विशेष प्रयत्न गर्नु उचित होला । अथक मेहनतले विशेष उपलब्धि दिलाउने योग छ ।
कर्कट
दिन केही चुनौतीयुक्त रहनसक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने योग छ । अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन् । समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ, ध्यान दिनुहोला । पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला ।
सिंह
भाग्बल बढ्नुका साथै विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, तर अरूको मात्र भर पर्नाले महत्वाकांक्षा पूरा नहुन सक्छ । शुभ चिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । यात्रागत कार्यबाट लाभ मिल्नेछ ।
कन्या
आजको दिन नियमित कार्यमा चुनौती आइपर्नसक्छ । समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन् । काम बिग्रने डरले सताइरहनेछ, तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । समस्यामा आफन्तजनको साथ मिल्ने छ ।
तुला
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने समय छ । छरछिमेकमा असमझदारी बढ्ने योग रहेकोले बोली र ब्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । नियमित कार्यमा पनि थप होसियारी अपनाउनु उचित होला । आर्थिक अभावले महत्वपूर्ण कार्य रोकिन सक्छ ।
वृश्चिक
मिश्रित फलदायी दिन छ । नियमित कामको चापबाट मुक्त रही विश्राम मिल्ने देखिन्छ । परिवारजनको साथले उत्साह जगाउला । तथापि, सहयोगीहरू पछि हट्नाले महत्वपूर्ण योजना थाती राख्नुपर्ने अवस्था आउला । प्रतिस्पर्धीहरूले सताउन सक्छन्, योजनाहरू गोप्य राख्नुहोला ।
धनु
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ, साथै भइपरी आउने समस्या सुल्झाउन सकिनेछ । आश मारेको काम पनि बुद्धि(विवेकको सही प्रयोगले सार्थक बन्ने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सावधानी अपनाउनु पर्नेछ ।
मकर
आजको दिन दिगो फाइदा मिल्ने काममा लगानी गर्ने मौका प्राप्त हुन सक्छ । मेहनतको फल भरपूर प्राप्त हुने देखिन्छ । परिवारजनका आवश्यकता पूरा हुनेछन्, तर शुभ चिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ ।
कुम्भ
काममा अवरोध आउन सक्छ, तर प्रवल आत्मविश्वासका कारण समस्याहरू पन्छिनेछन् । आफ्नै प्रयत्नबाट चिताएको काम बन्नाले प्रशन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने दैनिक काममा पनि गति बढ्ने देखिन्छ । सन्तानपक्षबाट सुख मिल्ने छ ।
मीन
केही चुनौती बढ्नसक्ने समय छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ । खास जिम्मेवारी प्राप्त भए पनि त्यसलाई सम्हाल्ने क्षमतामा ह्रास आएको महसूस हुनसक्छ । आत्मविश्वास जागृत तुल्याउने प्रयत्न गर्नु होला ।