काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सरकारले अर्को एक्सन लिएको छ । समाकल्याण परिषद्अन्तर्गत भृटकुटीमण्डमा रहेका विभिन्न संघ, सस्था र पसलले बक्यौता नतिरेको भन्दै सोमबार ताला लगाएको हो ।
परिषद्का सदस्य सचिव सरोजकुमार शर्माले बक्यौता नदिने २० संघ सस्था र पसलमा तालाबन्दी गरिएको जानकारी दिए । ऋषि धमला नेतृत्वको रिर्पोर्टस नेपाल सहित नेपाल पत्रकार महासंघ काठमाडौं, काठमाडौं उपत्यका पुस्ताकालय सहित २० संस्थाबाट ७ करोड रुपैया बक्यौता उठाउन वाँकी रहेको उनले जानकारी दिए ।
‘ति २० संस्थालाई पहिलो चरणमा सात दिनको समय दिएर बक्यौता बुझाउन आग्रह गरेका छौँ । यदी सात भित्र बक्यौता नबुझाए कानुन बमोजिम पैसा उठाएरै छाड्ने छौँ ’ उनले भने । सबैभन्दा बढी बक्यौता काठमाडौ उपत्यका सार्वजनिक पुस्ताकालय समाजको कुल १ करोड ७६ लाख ७० हजार रुपिँया, सोही संस्थाको स्टल ३४ बाट १ करोड १३ लाख ५३ हजार रहेको छ । यस्तै राष्ट्रिय अपांङ महासंघबाट एक करोड १६ लाख ३२ हजार रिर्पोर्टस नेपालको ७३ लाख ४० हजार रहेको छ ।
कुल ५२ स्टलमध्ये २० वटामा मात्रै तालाबन्दी गरिएको छ । अरु संघ संस्था र व्यक्ति तालाबन्दी गरेर फरार भएकाले तालाबन्दी गरिएको छैन ।
