आज मिति २०८२ चैत ३० गते सोमबार । सन् २०२६ अप्रिल १३ तारिख । नेपाल सम्बत ११४६ चौलागा एकादशी तिथि । आज बिहान ५ बजेर ४३ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २८ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः
मेष
आजको दिन नियमित कार्यमा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । सहयोगीहरूबाट उत्साहजनक साथ नपाइने देखिन्छ, सचेत रहनुहोला । मेहनतीजनका लागि भने राम्रै फाइदा हुने समय छ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । आरोग्यता रहनेछ ।
बृष
मिश्रित फलदायी समय छ । लाभदायी कार्य प्रारम्भ हुने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने साझेदारीमा पनि फाइदा नै हुने योग छ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ, तर स्वास्थ्यगत समस्याले सताउन सक्छ । न्यून उपलब्धिले मनमा असन्तोषको भाव जागृत हुन सक्छ ।
मिथुन
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउला । तर, अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने देखिन्छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । लामो दूरीको यात्रा वा वैदेशिक भ्रमणका लागि प्रयत्न गर्ने समय छ ।
कर्कट
रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बोलीको प्रभावका साथै कार्यसम्पादनको क्षमता बढ्नेछ । अनावश्यक विवादमा परिने योग छ ।
सिंह
आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । पारिवारिक जमघटमा मन रमाउला । तर, भेटघाटको अलमलले नोक्सान गर्न पनि सक्छ । बुद्धि विवेकको सही प्रयोगले प्रतिस्पर्धी परास्त हुनेछन् । साथीभाइको साथ मिल्नेछ । आरोग्यबल बढ्ने छ ।
कन्या
व्यक्तिगत फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । होसियारीसाथ काम लिनुपर्ने समय छ । विवेकका साथ प्रयत्न गर्दा सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ने देखिन्छ । मेहनतले कीर्ति दिलाउने छ ।
तुला
पारिवारिक सुख शान्ति बढ्नुको साथै नियमित कार्यमा सफलतमा मिल्ने समय छ । पारिवारिक भेटघाट हुनसक्छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्नुका साथै ठूलै फाइदाको आश्वासन पनि पाइएला । विशेष योजनाहरू बन्नेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । सन्तानसुख मिल्ने छ ।
वृश्चिक
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नसोचेको ठाउबाट धनलाभ हुने देखिन्छ । तर, नियमित कार्यमा ब्यवधान आइपर्न सक्छ । बाध्यतामा अल्मलिनुपर्दा चिताएको काम रोकिने सम्भावना छ । काम बिग्रने डरले सताइरहला । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।
धनु
दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । अनुकूलता वृद्धि भएपनि हिम्मत गर्न नसक्दा योजना कार्यान्वयनमा केही पछि परिएला । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । स्वादिष्ट भोजनमा मन रमाउने छ ।
मकर
सोचेको काम सफलतापूर्वक सम्पन्न हुने दिन छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । तथापि, अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । नजिकका साथीभाइ टाढिनाले परिस्थिति प्रतिकूल रहन सक्छ, ध्यान राख्नुहोला । ब्यस्तताका साथै जोखिम बढ्ने छ ।
कुम्भ
मेहनतले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साहस वृद्धि हुनेछ, प्रेमभाव बढ्नेछ । विपरीतलिंगीको साथ सहयोग रहला । धनलाभको योग छ । रमाइलो यात्रा हुनसक्छ, यात्रागत कार्यबाट लाभ मिल्ने देखिन्छ । आमाको माध्यमबाट काम बन्न सक्छ ।
मीन
केही चुनौती वृद्धि हुने समय छ । ब्यस्तता बढ्ला । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । दौडधुप बढेपनि कार्यसफलताका कारण मन प्रशन्न रहनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने योग छ । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला ।