स्वारकी जादुगरनी आशा भोसलेको निधनले संगीत क्षेत्र शोकमा, यी हुन उनले गाएकी चर्चित नेपाली गीत

0 Shares

काठमाडौं । भारतीय संगीत क्षेत्रकी चर्चित र बहुआयामिक गायिका आसा भोसलेको ९२ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनलाई छातीको संक्रमण र अत्यधिक थकानका कारण अस्पताल भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ।

आसा भोसलेले करिब ७०–८० वर्ष लामो संगीत यात्रामा १२ हजारभन्दा बढी गीत गाएकी थिइन्, जसले उनलाई भारतीय चलचित्र संगीतको एक अमर आवाजका रूपमा स्थापित गर्यो।

उनको निधनसँगै भारतीय संगीत उद्योगमा “एक युगको अन्त्य” भएको टिप्पणी गरिएको छ। विभिन्न कलाकार, प्रशंसक तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गर्दै उनको योगदानलाई अतुलनीय बताएका छन्।

आसा भोसले Lata Mangeshkar की बहिनी पनि हुन् र उनले हिन्दी, मराठी र नेपाली लगायत धेरै भाषामा गीत गाएर विश्वभर लोकप्रियता कमाएकी थिइन्।

जादुमयी आवाज, मीठो टोन र उत्कृष्ट गायकीकी संगम आशा भोसलेले थुप्रै नेपाली गीत समेत गाएर नेपाली पार्श्व गायन अमिट छाप छोडेकी छन् । फिल्म ‘प्रेमपिण्ड’को ‘गैरी खेतको शिरै हान्यो’ गीतबाट धेरै नेपालीले उनलाई सम्झिन्छन् । यस्तै ‘चिनो’का लागि नारायणगोपालसँग गाएको ‘मोहनी लाग्ला है’, ‘स्वर्ग’को ‘दियो बाली साँझको’ गीत पनि उत्तिकै लोकप्रिय छन् ।

साथै, मिरमिरे साँझमा, एउटा मान्छे मनपर्छ, यति धेरै माया दियौ, आज हाम्रो भेट भाको दिन, को होला मेरो मायालु, साउने झरीमा, किन बढ्दैछ ढुकढुकी, पहाडको माथि माथि, तिम्रो मनमा लुकेको कुरा, तिमी मेरो म तिम्रो, तिम्रो आँखाको सागरमा लगायत दर्जनौं गीत लोकप्रिय छन् । खासगरी स्वरसम्राट नारायणगोपालसँग उनको युगल गायन निकै जमेको थियो ।

भारतकी सुप्रसिद्ध गायिका लता मंगेसकर आशाकी दिदी हुन् भने अर्की प्रसिद्ध गायिका उषा मंगेसकर बहिनी हुन् ।

उनको अन्त्येष्टि मुम्बईमा राजकीय सम्मानका साथ गरिने बताइएको छ।

 

सम्बन्धित समाचार