सुनचाँदीको मूल्य बढ्यो, आज कति पुग्यो?

0 Shares

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुनको मूल्य दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी प्रतितोला चार हजार ९७५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला चार हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार