काठमाडौं । तत्कालीन प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको विपक्षमा गएर गगनकुमार थापाले गत पुसमा विशेष महाधिवेसन गरे । महाधिवेसन उद्घाटन सभामा थापाले कांग्रेस जिउँदो मानिसहरूको पार्टी भएको टिप्पणी गर्दै पार्टी सत्ता हत्याए ।
‘तपाईंहरूले जति गर्नु भएको छ, तपाईंहरूको यो प्रयासले कांग्रेसमा यो स्थापित गरेको छ, कांग्रेस दास र लासहरुको पार्टी होइन । कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो,’ उनले भनेका थिए, ‘जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन । जिउँदो कांग्रेसले बल्ल समाजको जिम्मेवारी पूरा गर्न सक्छ ।’ पार्टी सभापति थापापक्षलाई निर्वाचन आयोगबाट वैधानिकता पाएपछि देउवापक्ष किनारामा पुग्यो । निर्वाचनमा समेत थापाको हस्ताक्षर लिएर कांग्रेस नेताहरु निार्वचनमा जाँदा समेत सर्वनास हार भयो ।
सभापति थापाले कांग्रेस दास र लासहरुको पार्टी नभएको टिप्पणी गर्दा पछिल्लो समय आफ्नै पार्टीका पूर्वमहामन्त्री एवम् गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्दा प्रतिक्रियाविहिन भए । कांग्रेसले आधिकारिक रुपमा आफ्नो कुनै धारणा सार्वजनिक गरेन । सरकारले लेखकलाई पक्राउ गर्नु गैरकानुनी हो वा कानुन सम्वत हो भन्ने विषयमा काग्रेस कुनै कित्तामा उभिएन । कांग्रेसका नेताहरुले विच धारमा बसेर प्रतिक्रियाविहिन भए ।
नेकपा एमालेले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा प्रतिवाद गरेको थियो । ओलीकोपक्षमा नेता कार्यकर्ता सोचे जति नत्रिए पनि उनको पक्षमा नेता कार्यकर्ता सडकमा आउने आट गरे ।
यस्तै कांग्रेसका पूर्व सभापति देउवा र पूर्व परराष्ट्र मन्त्री आरजु राणालाई पक्राउ पुर्जी जारी हुँदा समेत कांग्रेस चुपचाप देखिएको छ । देउवा दम्पत्ती उपचारको सिलसिलामा सिंगापुर भएकाले तत्काल पक्राउ गर्ने अवस्थामा छैन । यसमा समेत कांग्रेस प्रतिक्रियाविहिन हुने अवस्था देखिएको छ । तर, प्रहरीले सिंगारपुरबाटै देउवा दम्पत्तीलाई पक्राउ गर्ने तयारी गरेको बताएको छ ।
निर्वाचनमा पराजित भई ३८ सिट सहितको दोस्रो भएको कांग्रेस हार पछि लास जस्तै प्रतिक्रियाविहिन हुन पुगेको नेताहरु बताउँछन् ।