0
Shares
काठमाडौं । अभौतिक मुद्रा (क्रिप्टो)को कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगर २६ ठमेल बस्ने चिनियाँ नागरिक ३५ वर्षीय छु यी फेन्ज पक्राउ परेका छन् ।
विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकसँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाएर नेपाली नागरिकका बैंक खातासमेत प्रयोग गरी ठगी गरेको र रकमलाई अभौतिक मुद्रामा साटी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनलाई ठमेलबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले १७ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ । उनी उपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।