‘हुण्डाइसँग शुभ यात्रा २०८३’ अफर घोषणा: गाडी किन्न चाहनेलाई झण्डै दुई लाख छुट, एक लाख बोनस

0 Shares

काठमाडौं । नेपालका लागि हुण्डाइ गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नयाँ वर्ष २०८३ लाई स्वागत गर्दै ‘हुण्डाइ सँग शुभ यात्रा २०८३’ अफर घोषणा गरेको छ । यस नयाँ वर्ष हुण्डाइ सँग सुरु गर्न चाहने ग्राहकहरूका लागि यस अफरमा आकर्षक सुविधाहरू छन् ।

यस अफरअन्तर्गत ग्राहकहरूले छनोट गरिएका हुण्डाइ मोडेलहरूमा रु. एक लाख ७५ हजार सम्म नगद छुट र ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस पाउन सक्ने छन् ।

साथै, एक वर्षसम्मको निःशुल्क बीमा र सवारी कर, साथै मुल्यांकन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी किन्ने अनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउँछ ।

यस अफरलाई अझ आकर्षक बनाउँदै, हुण्डाइले आफ्ना भरपर्दा बिक्रीपछिका सेवाहरू पनि निरन्तर दिँदै आएको छ । यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी समावेश छ, जसले गुणस्तर, भरपर्दोपन र दीर्घकालीन ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धता देखाउँछ ।

नेपालप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाउँदै, हुण्डाइ नेपालले पछिल्लो दुई वर्षदेखि क्रेटा र भेन्यु जस्ता लोकप्रिय मोडेलहरू नेपालमै एसेम्बल गर्दै आएको छ ।

जहाँ पूर्ण रूपमा नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोग गरिएको छ। ५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवर्द्धन र औद्योगिक विकासमा योगदान पुर्‍याइरहेको छ ।

लोकप्रिय मोडेलहरू र ग्राहकमैत्री सुविधासहित यो अभियानले नयाँ वर्ष २०८३ को सुरुवातलाई ग्राहकहरूका लागि अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको छ ।

हुण्डाइ नेपालले सबैमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दै नजिकको हुण्डाइ सोरुममा गई यस अफरबारे जानकारी लिन र २०८३ को सुरुवात विशेष सुविधासहित मनाउन सबैलाई आमन्त्रण गरेको छ ।

सम्बन्धित समाचार