एमाले दलको नेता बादल नेकपा दलको नेता प्रचण्ड 

0 Shares
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा‘बादल’ चयन भएका छन् । बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले बादललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको निर्वाचन संयोजक निरज आचार्यले जानकारी दिए ।एमालेबाट दलको नेतामा सुहाङ नेम्वाङ, राजेन्द्र राई लगायत नेताहरुले दाबी गरेका थिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीको दबाबकै कारण बादल दलको नेता हुने अवसर पाएका हुन् । बादल एमालेको २५ सांसद सहितको तेस्रो दलको नेता हुने भएका छन् ।
यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ यसअघि नै दलको नेता चयन भइ सकेका छन् । प्रचण्ड १७ सांसदको चौथो दलको नेता भएका छन् ।
प्रचण्ड बादल उतारचढाप
तत्कालीन नेकपा माओवादी जनयुद्धमा प्रचण्ड बादल एउटै पार्टीमा आवद्ध भई जनयुद्धमा सहभागी भएका थिए । २०६९ सालमा प्रचण्ड बादल छुटिएर मोहन वैद्यले नेतृत्व गरेको पार्टीमा आवद्ध भई जनविद्रोहको लाइन समाएका थिए । प्रचण्डले मुल पार्टीको नेतृत्व गरेपछि बादल उनका विरुद्ध चर्को आलोचना उत्रिएका थिए ।
विभाजन भएको पाँच वर्ष नपुग्दै २०७३ सालमा प्रचण्डसँग एकता गरेर बादल एउटै पार्टीमा जोडिएका थिए । तत्कालीन एमाले माओवादी एकता भएपछि बादल ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारीमा थिए । तत्कालीन नेकपा विभाजन भएपछि बादल ओलीतिर लागेका थिए भने प्रचण्ड पुरानै पार्टी माओवादी ब्यूउताएका थिए । बादललाई आफ्नै पार्टीमा ल्याउन प्रचण्डले निक्कै जोडबल समेत गरेका थिए । अन्तिममा बादल ओलीतिरै लागेका थिए ।
अहिले प्रचण्ड माधव नेपाल नेतृत्वको पार्टीसँग एकता गरेर नेकपा बनाएका छन् भने बादल एमालेको उपाध्यक्षको हैसितमा दोस्रो तहको नेतृत्वमा छन् । ओली निर्वाचनमा पराजित भएपछि दलको नेतामा बादललाई ल्याएका हुन् । ओलीलाई वर्तमान सरकारले पक्राउ गरेपछि पार्टीको दोस्रो तहको नेतामा छन् । यस निर्वाचनले दलको नेतामा प्रचण्डलाई नेकपाबाट बादललाई एमालेबाट दलको नेता हुने अवस्थामा ल्याएपछि धेरैले रोचक मानेका छन् ।
कुनै बेला बादलले प्रचण्डमै बिलय भएको घोषणा गरेको अवस्थामा यस निर्वाचनमा बादल २५ सांसदको दलको नेता भएपछि धेरै अचिम्मत भएका छन् । प्रचण्ड पहिलो दलबाट खुम्चिएर चौथोमा पुगेका छन् ।
राजनीतिक वृत्तमा प्रचण्ड भन्दा बादलको यस निर्वाचनले उचाइ बढाइ दिएको छ ।

सम्बन्धित समाचार